काठमाडौं । अश्लील गाली र धम्कीको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका रास्वपा सांसद खगेन्द्र सुनारमाथि अझै छानबिन सुरु हुन सकेको छैन । पीडित भनिएकी महिलाले उजुरी नगरेका कारण अनुसन्धान सुरु नभएको हो ।
पीडित भनिएकी महिला मौन छिन्। उनी कांग्रेस नेतृ भएको बताइन्छ। ती महिलाले सञ्चारमाध्यमसँग पनि कुरा गर्न मानेकी छैनन् । पीडितले उजुरी नै नदिएपछि आफुहरुले अनुसन्धान गर्न नसक्ने प्रहरीले जनाएको छ।
पीडित महिलालाई धम्काएर उजुरी नगर्न दबाब दिइएको बताइन्छ । पार्टीको अनुशासन आयोगले भने सुनारमाथि छानबिन थालेको छ।
त्यसो सांसद सुनार त्यसअघि पनि यस्ता धेरै काण्डमा परेका व्यक्ति हुन्। उनीविरुद्ध तीन अदालतमा फौजदारी मुद्दा विचाराधीन छ। महिलासँगको विवादमा उनी विगतमा एक पटक पत्राmउ समेत परेका थिए।
पछिल्लो समय प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध आक्रामक रुपमा लागेपछि उनी चर्चा र विवादमा छन्।