२०८३, आश्विन ३० गते

२०८३, आश्विन ३० गते

सूदुरपश्चिमका प्रदेश सांसद थापाको राजीनामा

बुधवार, आश्विन २८ २०८३०१:२०


कैलाली । सुदूरपश्चिम प्रदेशका सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सांसद थापाले सभामुखलाई राजीनामा बुझाएका हुन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा नेकपा एमालेबाट निर्वाचित सांसद थापा पूर्वभूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीसमेत हुन्। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका छन्। सभामुख भण्डारीले उनको राजीनामाका विषयमा अझै निर्णय भने लिएका छैनन्।

छलफल गर्नै नदिएर बजेट हतारमा पारित गरिएको भन्दै थापा असन्तुष्ट बनेका थिए। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार