२०८३, आश्विन २४ गते

२०८३, आश्विन २४ गते

चोलेन्द्रसँग कनेक्सन देखिएका एआइजी दाहाललाई सेवाबाट हटाउने तयारी

शुक्रवार, आश्विन २३ २०८३०२:११


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सूचना दिएको आरोप लागेका सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहालको जागिर धरापमा परेको छ। गृह मन्त्रालयले उनलाई सेवाबाट हटाउने तयारी गरेको छ।

उनलाई गृहले सोमबार निलम्बन गरी जाँचबुझ समिति गठन गरेको थियो। एआइजी अञ्जनीकुमार पोखरेलको समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन पेश गरेको छ। स्रोतका अनुसार जाँचबुझमा उनी दोषी ठहर भएका छन्। सोही प्रतिवेदनका आधारमा दाहाललाई हटाउन लागिएको छ।

चोलेन्द्रमाथि सरकारले अनुसन्धान थालेपछि एआइजी दाहालले उनलाई केही गोप्य सरकारी सूचना दिएको आरोप लागेको छ। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार