२०८३, आश्विन ३० गते

२०८३, आश्विन ३० गते

मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, मेनपावर कम्पनी र मेडिकलहरू सिआइबी छानबिनमा

बिहिवार, आश्विन २९ २०८३०५:२०

काठमाडौं / मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी घटनाको प्रहरीले अनुसन्धान थालेको छ । मेडिकल व्यवसायी कैलाश खड्कासहित चार जनालाई पक्राउ गरी प्रहरीले विस्तृत अनुसन्धान थालेको हो । यसमा धेरै मेनपावर तथा मेडिकल व्यवसायी अनुसन्धानमा तानिदैछन्।  पक्राउ पर्ने अन्यमा भक्तपुरका रबिन्द्र केसी, गोरखाका प्रविण तिवारी र सर्लाहीका रामपुकार तिवारी छन्।

प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरोले उनीहरुउपर पक्राउ गरी ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र तथा पीडितको उजुरीका आधारमा चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। मलेसिया रोजगारीमा जाने कामदारलाई म्याक्रोटेक प्रालिको नाममा थप शुल्क लिएर ठगी हुँदै आएको छ। गैरकानुनी रुपमा त्यसरी शुल्क असुल्दै आएकाले त्यसमा विस्तृत छानबिन हुन लागेको सिआयबीे जनाएको छ ।

सो कम्पनीले सरकारले तोकेभन्दा धेरै शुल्क असुल्दै आएको थियो । यसमा म्याक्रोटेकमा आबद्ध स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि तानिदै छन्। विगतमा सरकारको सेटिङमै उनीहरुले यस्तो ठगी धन्दा चलाउँदै आएका थिए। यसमा मलेसिया सरकारको पनि साथ रहेकाले अब कसरी स्वास्थ्य परीक्षण अघि बढ्छ भन्ने अन्योलता छ । मलेसियाले सो संस्थामा आबद्ध मेडिकलको रिपोर्टलाई मात्र मान्यता दिने गरेको छ। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार