काठमाडौं । डन पृष्ठभुमीका गणेश लामा र दीपक मनाङे नेपाली कांग्रेसमा सक्रिय भएका छन्। गणेश लामा गगन थापातर्फ तथा मनाङे शेरबहादुर देउवातर्फ लागेका छन्।
लामा पहिलेदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी विगतमा देउवा पक्षमा रहेकोमा हालै गगनतिर लागेका हुन्। १५ औं महाधिवेशनमा गगनले उनलाई स्वंमसेवक व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी दिएका छन्।
उता मनाङे भने मंगलबार मात्र देउवा पक्षमा लागेका छन्। डा।शंसाक कोइरालाले उनलाई पार्टी प्रवेश गराएका हुन्। देउवा हङकङबाट फर्कदा पनि उनी विमानस्थलमा स्वागतमा गएका थिए।
कुनै समय लामा र मनाङे सँगै ठमेलमा व्यवसाय गर्दै आएकोमा पछि प्रतिस्पर्धी बनेका थिए। पछिल्लो समय दुवै राजनीतिमा लागेका छन्।