काठमाडौं -सूदुरपश्चिमाञ्चल सरोकार मञ्चले संस्थाको भवन बनाउने निर्णय गरेको छ। शनिबार काठमाडौंमा बसेको मञ्चको केन्द्रीय कार्यसमिति बैठकले यससम्बन्धि निर्णय गरेको हो।
संस्थाका अध्यक्ष डा।दीर्घसिंह बमको अध्यक्षतामा बसेको बैठकले मञ्चको स्वामित्वमा रहने गरी जग्गा प्राप्ती एवम् भवन निर्माण गर्ने निर्णय गरेको हो। बैठकको निर्णयमा भनिएको छ,‘सो कार्यका लागि सरोकारवाला व्यक्ति, संस्थाहरूको बृहत् सहयोग र सहकार्य जुटाउने ।’
त्यस्तै, मञ्चले आगामी मंसिर महिनामा वार्षिक साधरणसभा गर्ने निर्णय पनि गरेको छ। मञ्चले सञ्चालन गर्ने गरी ‘श्री रण–समुन्द्र डा।दीर्घसिंह बम अक्षय कोष २०८३ कार्यविधि’ स्वीकृत गरेको छ भने यसैवर्ष कैलालीको बर्दगोरीया गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
बैठकले विभिन्न समितिहरू गठन गरेको छ-
१.जग्गा प्राप्ती एवम् भवन निर्माण समिति
टीकराम भट्ट- संयोजक
रामदत्त जोशी- सदस्य
तिरेश खत्री- सदस्य
जनकबहादुर चन्द-सदस्य
जगदिश केसी -सदस्य
बिक्रम राना- सदस्य
योगिता पन्त भट्ट- सदस्य
हेमा ओझा भट्ट- सदस्य
२.सदस्यता वितरण तथा नवीकरण समिति
लक्ष्मी शाह-संयोजक
जनक धामी- सदस्य
डिकरदेव पन्त-सदस्य
अरुण कुमार शाह- सदस्य
हेमा ओझा भट्ट- सदस्य
३.सूचना संम्प्रेषण तथा प्रसारण समिति
रवि धामी- संयोजक
डिबी खड्का- सदस्य
भरतबहादुर बोहरा- सदस्य
४.समन्वय तथा सहकार्य समिति
सूर्यबहादुर शाह-संयोजक
टीकाराम भट्ट- सदस्य
दशरथ जोशी- सदस्य
पदमराज भट्ट- सदस्य
५.शिक्षा तथा स्वास्थ्य समिति
डा.कुश्माकर भट्ट- संयोजक
मनोज मेहता- सदस्य
डा.दीर्घसिंह बम -सदस्य
६.आर्थिक संकलन समिति
सुरेन्द्रराज जोशी- संयोजक
हेमा ओझा भट्ट- सदस्य