२०८३, आश्विन २८ गते

२०८३, आश्विन २८ गते

सशस्त्रमा एआइजीको एक पद रिक्त, को होलान् बढुवा ?

मंगलवार, आश्विन २७ २०८३१०:२८

काठमाडौं । सशस्त्र प्रहरी बलमा एआइजीको एक पद रिक्त भएको छ। एआइजी बंशी दाहाललाई सरकारले सेवाबाट हटाएसँगै पद रिक्त भएको हो । 
रिक्त पदमा दशैंपछि मात्र बढुवा हुने सम्भावना छ। रिक्त पदमा बढुवाका लागि डिआइजीहरुबीच दौडधुप सुरु भइसकेको छ।

खासगरी सिंस १ का डीआइजीहरु लागेका छन्। जसमा सुरेश श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा मुख्य छन्। यो ब्याचबाट अञ्जनीकुमार पोखरेल यसअघि नै एआइजी भइसकेका छन्। अब बढुवा हुने डीआइजी पनि भावी आइजिपीको दाबेदार बन्नसक्ने भएकाले यो बढुवालाई महत्वका साथ हेरिएको छ। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार