काठमाडौं - पशुपतिनाथको मुल मन्दिरमा हिन्दु धर्मावलम्बीबाहेक अरुलाई प्रवेश गर्न निषेध छ। तर, एक मुस्लिम दम्पती मन्दिरभित्र प्रवेश मात्र गरेका छैनन् उनीहरुले आफुहरु प्रवेश गरेको भिडियो बनाएर हिन्दु संस्कृतीलाई चुनौती समेत दिएका छन्।
सो घटनामा छानबिन र दोषीमाथि कारबाहीको माग भएको छ। प्रिंयकाआजिमजान नामक टिकटक आइडीमार्फत यस्तो भिडियो सार्वजनिक भएपछि हिन्दु धर्मसम्बन्धि संघसंस्थाले आपत्ति जनाउँदै कारबाहीको माग गरेका हुन्।
विश्व हिन्दु महासंघले भनेको छ,‘यस्ता घटना दोहोरिन नदिन प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउन सुरक्षा तथा अनुगमन प्रणालीलाई कडाई गर्न र दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुन तथा नियमअनुसार आवश्यक कारबाही गर्न हामी जोडदार माग गर्दछौं ।’ सो घटनाले पशुपति मन्दिरको सुरक्षा प्रणालीको पनि धज्जी उडेको छ।