२०८३, आश्विन २१ गते

२०८३, आश्विन २१ गते

कांग्रेसको सभापतिमा ३, महामन्त्रीमा १२ जनाको उम्मेदवार

बुधवार, आश्विन २१ २०८३०१:४६

काठमाडौं -नेपाली कांग्रेसको सभापति पदका लागि तीनजनाको उम्मेदवारी परेको छ। १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी निर्वाचन प्रकृयामा तीन नेताले सभापतिका लागि मनोनयन दर्ता गराएका हुन्।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापासहित नेताहरु किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले पनि सभापतिका लागि उम्मेदवारी दिएका हुन्।

बरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्मा सर्वसम्मत भएका छन् भने महिला उपसभापतिमा पुष्पा भुषाल निर्विरोध भएकी छिन्। उपसभापतिमा जीवन परियार, फरमुल्लाह मन्सुर, डा.चन्द्र भण्डारी, डा.मिनेन्द्र रिजाल, धनराज गुरुङ, मधु आचार्य, देवराज चालिसे, सुरेन्द्र पाण्डे, बिनोद चौधरी, दीपक गिरी, गोविन्द भट्टराई, रञ्जित कर्ण र डा.चन्द्रमोहन यादबको उम्मेदवारी परेको छ।

महामन्त्री पदमा १२ जनाको उम्मेदवारी छ। प्रदीप पौडेल, शंकर तिवारी, सुनिल शर्मा, रीता खनाल, नैनसिंह महर, डिला संग्रौला, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमशेर जबरा, डा.सन्तोष उपाध्यक्ष र महालक्ष्मी उपाध्यक्ष डिना छन्। 
सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी छ। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार