२०८३, आश्विन १६ गते

२०८३, आश्विन १६ गते

बाढी पहिरोको जोखिमः २५ जिल्लामा दुई दिनसम्म सडक बन्द गर्ने निर्णय

शुक्रवार, आश्विन ९ २०८३११:३६


काठमाडौं । भारी वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य र पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द गरेको छ ।

केन्द्रीय मनसुन प्रतिकार्य कमान्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका २५ जिल्लालाई रेडअलर्टमा राख्दै  शुक्रबार र शनिबार सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।  राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टलाई यससम्बन्धि सर्कुलर गरेको छ।

केन्द्रमा गृह मन्त्रालय र विपत् प्राधिकरणसहितका निकाय सम्मिलित समिति छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा यो समिति छ। यसबाहेक पहेँलो रंगले संकेत गरेर अर्लट भएका जिल्लामा भने रातिको समयमा सवारीसाधन बन्द गर्न र दिउँसोको समयमा अवस्था हरेर निर्णय लिन समितिलाई भनिएको छ। 

शुक्रबार र शनिबार तराईका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई रेडअलर्टमा राखेर सवारीसाधन बन्द गरिएको छ । त्यस्तै, पहाडी तथा भित्री मधेशका जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, दाङ र  सुर्खेतमा पनि रेडअलर्ट छ।

यसैगरी, उच्च पहाडी तथा हिमाली जिल्ला गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र दार्चुलामा पनि आवागमन बन्द गरिएको छ।

  नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालमा शनिबार र आइतबार पनि भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार