काठमाडौं- भोटेकोशी बाढीको ११औं दिनमा नुवाकोटको बेत्रावतिमा एक ६० वर्षिया महिलाको जीवितै उद्धार भएको छ । बाढीले भत्काएको घरभित्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शनिबार दिउँसो चण्डिका श्रेष्ठको उद्धार गरेको हो ।
उनी आफ्नै घरभित्र बाढीमा फसेकी थिइन्। सशस्त्र प्रहरीका इन्सपेक्टर सुमन विकको टोलीले उनको उद्धार गरेको हो । उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताए।
शनिबार नै त्रिशुली १ को सुरुङबाट एक चिनियाँ नागरिकको सकशुल उद्धार भएको छ।