काठमाडौं-सरकारले मध्यम र धनी वर्गलाई करमा राहत हुने गरी बजेट ल्याएको छ । व्यक्तिगत आयरमा धेरै कमाउनेलाई फाइदा हुने गरी बजेट ल्याइएको छ ।
आयकरको छुटलाई ५ लाखबाट १० लाख बनाइएको छ । त्यस्तै, धेरै कमाउनेले ३९ प्रतिशतसम्म कर तिर्नुपर्नेमा २९ प्रतिशत बनाइएको छ ।
तल्लो वर्गका लागि भने बिजुलीमा समेत मूल्य अभिवृद्धि कर लाग्ने भएको छ । मासिक ५० यूनिटभन्दा धेरै खपत गर्नेको हकमा १३ प्रतिशत भ्याट लाग्ने भएको छ । त्यस्तै, निजी अस्पतालमा उपचार गराउँदा ३ प्रतिशत तथा निजी बिद्यालयमा पठाउँदा तीन प्रतिशत कर लाग्ने व्यवस्था बजेटमा गरिएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्बको बजेट ल्याएका हुन्। बजेटमा सरकारी कर्मचारीको तलब २१ प्रतिशत बृद्धि गरिएको छ।
यसरी भएको बृद्धिले महंगी पनि उच्च हुने आकलन गरिएको छ । बजेटमा तल्लो वर्गलाई लक्षित कार्यक्रम छैनन्।