काठमाडौं- नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालृकष्ण खाण लगायत २४ जना दोषी ठहर भएका छन्। जिल्ला अदालत, काठमाडौंले मंगलबार मुद्दाको फैसला सुनाउँदै उनीहरुलाई दोषी ठहर गरेको हो। यसमा रामशरण केसी, टंकबहादुर गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव थापा र आशिष बुढाथोकीले सफाइ पाएका हुन्।
जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाएको हो।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं असुलिएको थियो। जसमा तत्कालीन गृह मन्त्रालयकै मिलेमतो रहेको भन्दै तीन वर्षअघि मुद्दा दायर भएको थियो।