काठमाडौं- नागरिकले दुःख पाएकै विषय चर्काे रुपमा उठाएर सत्तमा पुगेका बालेन शाह गणेश नेपालीले राज्यआतंककै कारण आत्मदाह गरेको विषयमा मौन देखिएका छन्। तीन वर्षअघि प्रेम आचार्यले आत्मदाह गर्दा उनले तत्कालीन सरकारको चर्काे आलोचना गरेका थिए। तर, बालेन अहिले आफैं सत्तामा हुँदा अर्का युवकले सोही प्रकृतीमा ज्यान गुमाएका छन् ।
सरकारले सो विषयमा छानबिन समिति भने बनाएको छ। उपत्यका प्रहरी कार्यालयका डिआइजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो।
त्यस्तै, अनुसन्धानका लागि प्रहरीले काठमाडौं महानगरपालिका अन्र्तगतको नगर प्रहरीका तीन कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
पठाओ चलाउँदै आएका नेपाली सामान छाड्न मोटरसाइकल सडक छेउमा राखेर भित्र गएकाबेला महानगरको प्रहरीले ह्वील लक गरेको थियो। सोही विषयलाई लिएर उनको विवाद भएको थियो । विवाद भएपछि शरिरमा पट्रोल छर्किएर उनले आगो लगाएका थिए। उपचारका क्रममा शुक्रबार बिहान उनको वीर अस्पतालमा मृत्यु भएको हो।