२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

इन्सपेक्टलाई जागिर भन्दा प्रेमी प्यारो भएपछि..

आइतवार, आषाढ २१ २०८३१०:१०


काठमाडौं । प्रेमीलाई अत्याधिक विश्वास गर्दा सशस्त्र प्रहरी बलकी इन्सपेक्टर प्रहरी हिरासत पुगेकी छिन्। इन्सपेक्टर कल्पना गुरुङ बिद्यालयको १० करोड हिनामिनामा पक्राउ परेकी हुन्।

कीर्तिपुरस्थित सशस्त्र प्रहरीको बिद्यालयमा ६ वर्षदेखि लेखाअ धिकृत भएर काम गरेकी उनले बिद्यालयको करिब १० करोड रकम निकालेर प्रेमी लीलाबहादुर तामाङलाई दिएकी थिइन्। केही समयका लागि भनेर सो रकम दिइएको थियो। तर, फिर्ता गर्न नसकेपछि यतीबेला दुवै जना प्रहरी हिरासतमा छन्।

सशस्त्र प्रहरी बलकै पत्रका आधारमा उनीहरूलाई काठमाडौं प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हो । स्रोतका अनुसार लामाले सो रकम मिटरब्याजमा लगानी गरेका थिए। जून रकम डुबेपछि दुवैजना हिरासत पुगेका हुन्। दुवैको सम्पत्तिको समेत छानबिन गर्न लागिएको छ। यसमा सशस्त्र प्रहरीका अन्य अधिकृतहरू समेत तानिने सम्भावना छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार