२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

वरिष्ठलाई पन्छाउँदै गोविन्द कार्की मुख्यसचिवमा नियुक्त

बुधवार, आषाढ २४ २०८३०८:३८


काठमाडौं -बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका आठ निर्णय सार्वजनिक गरिएको छ। बैठकले मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ। उनी वरितयामा १८ औं नम्बरमा थिए। प्रधानमन्त्री कार्यालयमा बसेर सरकारको सुशासनो अभियानमा खटिएका कार्की प्रधानमन्त्री बालेन शाहको रोजाईमा परेका छन्। हालका मुख्यसचिव सुमनराज अर्यालले बिहीबारदेखि अवाश पाउने भएपछि कार्की मुख्यसचिवमा नियुक्त भएका हुन्।

त्यस्तै, बैठकले गेटा अस्पताललाई शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्न स्वीकृती दिएको छ। बैठकले विभिन्न नियमावली र रणनीति स्वीकृत गरेको छ।

  बैठकका निर्र्णयहरू 
१. उपत्यका विकास प्राधिकरणको काठमाडौं आयुक्तमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने 
२.गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालय शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्न स्वीकृती प्रदान गर्ने 
३.विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने 
४.शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने 
५.कारागार निमावली २०८३ स्वीकृत गर्ने 
६.मानव अधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने 
७.भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गर्ने 
८.गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने 

प्रतिक्रिया
सम्बन्धित समाचार