२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

सर्वोत्तम पेन्ट्सले पायो राष्ट्रिय गुणस्तर प्रमाणपत्र

बुधवार, चैत्र ४ २०८२०४:०७

काठमाडौं-सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय गुणस्तर प्रमाणपत्र(एनएससी)प्राप्त गरेको छ । कम्पनीका उत्पादनहरू उच्च गुणस्तरका भएको यसले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

‘कम्पनीले उत्पादन गर्दै आएका विभिन्न प्रकारका पेन्ट तथा सम्बन्धित सामग्रीहरू अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा मापदण्ड तथा वातावरणीय मापदण्ड अनुरूप रहेको यो प्रमाणपत्रले पुष्टि गर्दछ,’ कम्पनीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ,‘यस उपलब्धिले हाम्रो उत्पादन प्रक्रिया, प्रविधि, तथा गुणस्तर नियन्त्रण प्रणालीप्रति हाम्रो प्रतिबद्धतालाई थप जिम्मेवार बनाएको छ। साथै नेपाल सरकार तथा अन्तरराष्ट्रियस्तरबाट भबिस्यमा निर्माण हुने संरचनाहरुमा कंपनी का उत्पादनहरु आपूर्ति गर्न सहज हुने भएको छ ।’ 


कम्पनीका प्रबन्ध निर्देशक नबिन प्रसाद भट्ट अझ उच्च गुणस्तरका उत्पादनहरू बजारमा ल्याउँदै उपभोक्ताको विश्वासलाई कायम राख्न आफुहरू प्रतिबद्ध रहेको बताउँछन् । उनी भन्छन्,‘यो उपलब्धि सम्पूर्ण टीमको कडा मेहनत, समर्पण र ग्राहकप्रति हाम्रो जिम्मेवारीको परिणाम हो। हामी आगामी दिनहरूमा अझ उच्च गुणस्तरका उत्पादनहरू बजारमा ल्याउँदै उपभोक्ताको विश्वासलाई कायम राख्नेछौं।”

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सधैं उच्च गुणस्तर, नवप्रवर्तन, तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।  सुदुरपस्चिम, कर्णाली र लुम्बिनी प्रदेशहरुमा बलियो बजार संजाल भएको कम्पनीले काठमाडौँमा कर्पोरेट अफिस तथा बिक्रि डिपो स्थापना गरि बागमती प्रदेशका विभिन्न स्थानहरुमा डिलर नियुक्त गरिसकेको छ। गण्डकी कोशी र मधेश प्रदेशमा डिलरहरु नियुक्तिको प्रक्रियामा रहेको प्रबन्ध निर्देशक भट्टले जानकारी दिए।    

cc.PNG
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार