काठमाडौं प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ६ जना निर्माण व्यवसायीलाई पक्राउ गरेको हो। उनीहरुले सरकारी बोलपत्र प्रणालीमा अनाधिकृत पहुँच पुर्याएर ठेक्का हत्याएको सिआइबीको दाबी छ ।
ब्युरोले दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दासलाई पक्राउ गरेको हो। उनीहरूउपर संगठित अपराध र विद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान अघि बढाइएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए।
सार्वजनिक खरिद अनुगमनको कार्यालयको सञ्चालन गने अनलाइन बोलपत्र प्रणाली ह्याक गरी अरूको भन्दा कममा ठेक्का हालेर उनीहरूले हत्याउँदै आएका थिए। यसमा केही ठुला निर्माण व्यवसायीसमेत अनुसन्धानमा तानिने सम्भावना छ ।