२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

आइजिपी कार्की सरकारको दबाबमा

बिहिवार, आषाढ १८ २०८३१०:१८


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सरकारबिच दुरी बढ्दै गएको छ। प्रधानमन्त्रीको सचिवालयले आइजिपी कार्कीलाई बाइपास गर्न थालेको छ। बिहीबार आठै एआइजीको सरुवा गर्दा पनि आइजिपीसँग समन्वय नभएको स्रोत बताउँछ ।

प्रधानमन्त्री कार्यालयकै दबाबमा प्रहरीको निर्वाचन प्रहरीसम्बन्धि सामान खरिदको यतीबेला छानबिन भइरहेको छ। जसमा आइजिपी कार्कीलाई समेत बयानमा बोलाउने तयारी छ। प्रधानमन्त्री र गृहमन्त्री दुवैले आइजिपी कार्कीलाई सहयोग गरेका छैनन्। कतिपय सन्दर्भमा अनावश्यक दबाब दिने गरेको स्रोत बताउँछ ।

यही अवस्थामा सरकार निकट भनिएका एआइजी डा.मनोज केसी प्रहरी हेडक्वार्टर भित्रिएका छन्। आइजिपी कार्की आइतबार अमेरिका भ्रमणमा जाँदैछन। त्यो अवस्थामा केसीलाई नै निमित्ति आइजिपी बनाउन उनलाई त्यहाँ सरुवा गरिएको चर्चा छ ।

आइजिपी कार्कीमाथि जेनजी आन्दोलनमा कारबाही सिफारिस समेत छ। यसबिचमा पूर्वन्यायधीश प्रेमराज कार्की अध्यक्षताको समितिले थप छानबिन गरिरहेको छ। यद्यी सो समितिले पनि कारबाही सिफारिस गरेमा सो बहनामा उनलाई हटाउन सक्ने चर्चा समेत छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार