२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

एक महिनादेखि गृह मन्त्रालय नेतृत्वविहिन

आइतवार, जेठ १० २०८३११:५८


काठमाडौं । गृह मन्त्रालय नेतृत्वविहिन बनेको एक महिना भएको छ। तत्काल गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको तयारी देखिएको छैन ।

व्यवसायी दिपक भट्टसँग साझेदारी देखिएपछि विवादमा परेका सुधन गुरुङले गत ९ बैशाखमा राजीनामा दिएका थिए। गुरुङ आफैं गृह मन्त्रालयमा फर्कने प्रयासमा छन्। जसकारण प्रधानमन्त्रीले गृहमन्त्री नियुक्त नगरेको स्रोत बताउँछ।

गुरुङको विषयमा छानबिन गर्न हालै एक छानबिन समिति बनाइएको छ। सरकारी कर्मचारी नै त्यो छानबिन समितिको सदस्य छन् । त्यसकारण निष्पक्ष रिपोर्ट आउनेमा आशंका व्यक्त गरिएको छ। तर, सुधन भने जसरी पनि आफुलाई क्लिनचिट दिलाउने प्रयासमा छन्।

गुरुङको एकपछि अर्काे विवाद बढीरहेको छ। एकातर उनले आफ्नो करोडौंको सम्पत्तिको चित्तबुझ्दो स्रोत देखाउन सकेका छैनन्। अर्काेतर्फ रिसोर्टमा गएको प्रमाण नष्ट गर्न प्रहरी परिचालन गरिएका विषय बाहिर आएका छन्।

गृहमन्त्री नहुँदा एकातर्फ मन्त्रालयका कतिपय काम रोकिएका छन् भने अर्काेतर्फ मनसुनजन्य विपद्को समयमा समस्या आउने देखिएको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार