काठमाडौं कम्पनीका कार्यरत कर्मचारीको नामको शेयर हिनामिना गरेको आरोपमा सननेपाल लाइफ इन्स्योरेन्सका सिइओ राजकुमार अर्याल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई सोमबार कार्यालयबाटै पक्राउ गरेको हो।
नेपाल धितोपत्र बोर्डको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको सिआईबीका प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए। सिइओ अर्यालले करोडौंको शेयर हिनामिना गरेको बोर्डको छानबिनमा खुलेको छ।
धितोपत्र ऐनसम्बन्धि कसुरमा उनीविरुद्ध कारबाही अघि बढाइएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए। प्रारम्भिक छानबिनमा यसमा सञ्चालक समितिको समेत मिलेमतोको आधार देखिएको छ।