काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू मन्त्री छनोटमा लागेका छन्।
आगामी शुक्रबार प्रधानमन्त्रीमा बालेन शाहको सपथ हुनेभएपछि सोही दिन सबै मन्त्रीहरुको पनि सपथ गराउने तयारी छ। किस्ता–किस्तामा मन्त्री नियुक्ति गर्दा राम्रो सन्देश नजाने भएकाले एकैपटक मन्त्री नियुक्तिको तयारी भइरहेको स्रोत बताउँछ।
गत शुक्रबार रवि लामिछाने, बालेन, स्वर्णिम वाग्ले र डिपी अर्यालसहितको छलफल भएको थियो। खासगरी गृहमन्त्रीमा रवि र बालेन दुवै पक्षले दाबी गरिरहेको स्रोत बताउँछ ।
अर्थमा स्वर्णिम वाग्लेकै नाममा सहमति भएको छ । सकेसम्म सम्बन्धित क्षेत्रको विज्ञताका आधारमा मन्त्री नियुक्तिको प्रयास भइरहेको रास्वपाका एक नेताले बताए।