काठमाडौं । जेन–जी आन्दोलनसम्बन्धि जाँचबुझ आयोगको प्रतिवेदनपछि दर्जनौं प्रहरी अधिकारीमाथि कारबाही हुने भएको छ। कतिपयमाथि फौजदारी मुद्दामै समेत कारबाहीको सिफारिस भएको छ।
ठूलो संख्यामा प्रहरीमाथि कारबाही गर्न सिफारिस भएपछि यसले प्रहरी संगठनमा तनाव देखिएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालिन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसहितका अधिकारीमाथि कारबाही सिफारिस गरेको हो। त्यो दिन काठमाडौंको कमाण्ड गरेका एसएसपी विश्व अधिकारी लगायत अधिकारीमाथि पनि कारबाही सिफारिस भएको छ । त्यस्तै, फिल्डमा खटिएका र गोली प्रहारमा संलग्न दर्जनभन्दा धेरै प्रहरीलाई बर्खास्त गर्न सिफारिस भएको छ।
प्रतिवेदनको कार्यान्वायन भने रास्वपाले बनाउने नयाँ सरकारले गर्नेछ। जसकारण ती प्रहरीहरु रास्वपाका नेताहरुसँग हिमचिम बढाउन थालिसकेका छन्।
त्यस्तै, सशस्त्र प्रहरी बलका पनि उच्च अधिकारीलाई समेत कारबाही सिफारिस भएको स्रोत बताउँछ।