२०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते

नेपाल प्रहरीको दरबन्दी हेरफेर गर्ने तयारी

शुक्रवार, मंसिर १२ २०८२१२:०७


काठमाडौं: प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा केही दरबन्दी हेरफेर गर्ने तयारी गरेको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर दरबन्दी हेरफेर गर्न लागिएको हो।

गत साताको मन्त्रिपरिषद्को बैठकले यसका लागि स्वीकृति दिइसकेको छ।
स्रोतका अनुसार खासगरी प्रहरी अस्पतालमा दरबन्दी हेरफेर गर्न लागिएको छ। जहाँ इन्सपेक्टरको दरबन्दी कटौती गरी डिएसपीको थप्न लागिएको छ। एमबिबिएस अध्ययन गरेका चिकित्सकहरु इन्सपेक्टरमा भर्ना गरेर टिकाउन गाह्रो भएपनि डिएसपीको दरबन्दी बढाउन लागिएको हो।

त्यस्तै, प्राविधिकतर्फका केही पद प्रशासनतर्फ ल्याउन लागिएको छ। प्रहरी केनाईन कार्यालय र प्रहरी अस्पतालको डिआइजीको एक दरबन्दी प्रशासनतर्फ ल्याउन लागिएको छ । एमटी शाखाको एसएसपीको दरबन्दी पनि स्थापनान्तरणको गृहकार्य भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार