काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा गरेको छ। सरुवामा काठमाडौं परिसरमा एसएसपी दिलीप घिमिरेलाई जिम्मेवारी दिइएको छ।
काठमाडौं परिसरका लागि एक दर्जन एसएसपीबिच प्रतिस्पर्धा थियो। अन्ततः गृह मन्त्रालय समेत सम्हाल्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहको रोजाईमा घिमिरे परेका हुन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दयानिधी ज्ञवालीलाई पठाउन चाहेका थिए। तर, प्रधानमन्त्रीले उनलाई रुचाएनन्। तुलनात्मक रुपमा घिमिरे इमान्दार रहेको रिपोर्टिङका आधारमा उनी प्रधानमन्त्रीको रोेजाईमा परेको स्रोत बताउँछ ।
त्यस्तै, ललितपुर परिसरमा तुलबहादुर कार्की तथा उपत्यका ट्राफिकमा शान्तिराज कोइरालाको सरुवा भएको छ।