२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

शुक्रबार बिहान ११ बजेदेखि निषेधाज्ञा, साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू

बिहिवार, भाद्र २६ २०८२०५:२३

काठमाडौँ : नेपाली सेनाले काठमाडौँ, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र रातिदेखि कर्फ्यू आदेश जारी गरेको छ।

सेनाको मुख्यालय जंग्गीअड्डाले आज एक सूचना जारी गर्दै भोलि शुक्रवार बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लम्ब्याएको छ। त्यस्तै, साँझ ७ बजेबाट शनिवार विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

भोलि बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार