काठमाडौं: निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्ले सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको रक्षासचिव सुमनराज अर्यालले जानकारी दिए। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्ने व्यवस्था छ । यो वर्ष सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचनको तीन महिनाअघि नै सेना परिचालन गर्ने तयारी भइरहेको छ ।