२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

बुधवार, भाद्र २५ २०८२०३:१३

काठमाडौं : काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ।

मंगलबार भएको जेन–जड आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन्।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ।

आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ।

प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ।

अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार