काठमाडौं: नेपाल प्रहरीका चिफ (आइजी) वसन्त बहादुर कुँवरविरुद्ध नेपाल प्रहरीकै पूर्व प्रहरी उपरीक्षक (एसपी) (अवकाशप्राप्त) आभूषण तिम्सिनाले फायर खोलेका छन्। बेलाबखत प्रहरी, प्रहरीका प्रमुख र प्रहरी तथा गृहका समेत बेथितिबारे चर्को आलोचना गर्दै आएका तिम्सिनाले पुनः एकपटक आइजीविरुद्ध फायर खोलेका हुन्।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वर्तमान आइजीलाई निकै कमजोर र लाचार छेपारोको संज्ञा दिएका छन्। यस्तै उनले विभिन्न समयका पूर्व आइजी र प्रहरीभित्र मूल्याकंन नहुने समस्या पनि उजागर गरेका छन्।
यस्तै अहिले निकै चर्चामा रहेको डिआइजी डा. मनोज केसीको प्रकरणमा पनि उनले सुक्ष्म टिप्पणी गरेका छन्। तिम्सिना उनै पूर्व प्रहरी हुन्, जसले बढुवाका लागि चाकडी नगर्ने भन्दै एसपीबाटै जागिर त्यागेका थिए।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com