२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

राष्ट्रिय अनुसन्धान विभागमा ओम जोशी र हुतराज थापाको बढुवा

बिहिवार, श्रावण २६ २०७९०४:४४

काठमाडौं -  राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) को एउटा दरबन्दी थपेर अनुसन्धान निर्देशक (डीआईजी) ओम जोशी र हुतराज थापाको बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआईजीको दरबन्दी थपगर्दै थापा र जोशीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

राअविका डीआईजीमध्ये २०७४ भदौ १४ मा बढुवा भएका ४ अधिकृतहरु मुख्य प्रतिस्पर्धामा थिए ।

बढुवा प्रत्यासीमा डीआईजीहरु हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनील ढकाल थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार