२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

सर्वोत्तम पेन्ट्सका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

सोमवार, भाद्र २९ २०८३०१:५५

धनगढी । कैलालीमा मुख्य कार्यालय रहेको सर्वोत्तम पेन्ट्स ईन्डस्ट्रिज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा र संचितिबाट शेयरधनीलाई १०% सेयर लाभांश दिने प्रस्ताव गरेको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आउँदो बार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

गुणस्तरीय पेन्ट्स उत्पादन र उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको सर्वोत्तम पेन्ट्सले गुणस्तरको मापक मानिने नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरिसकेको छ । कम्पनी मिति २०८३/०४/२८ गते मात्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको थियो ।

बिंस २०७२ साल देखि सुदूरपस्श्चिम प्रदेश, कैलाली जिल्लाको अत्तरियाबाट पेन्ट्स उत्पादनको यात्रा सुरु गरेको कम्पनीले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको बजारमा बलियो उपस्थिति जनाउदै नेपाल अधिराज्य भरि व्यापार संजाल विस्तारको क्रममा रहेको छ ।

बिस्तारित बजारमा आपूर्ति सहजताका लागि हेटौडा औधोगिक क्षेत्र भित्र अत्याधुनिक प्रबिधिको उद्योग स्थापना गरि उत्पादनको अन्तिम चरणमा रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छोटो समयमै कम्पनीले शेयर धनीहरुलाई १० प्रतिशत लाभांश प्रस्ताब गरेको छ। आगामी दिनहरुमा पनि गुणस्तरीय उत्पादनलाई विशेष प्राथमिकतामा राखी अधिराज्य भरि व्यापार संजाल बिस्तार गर्दै कंपनीको मुनाफा वृद्धि गरिने लक्ष्य राखिएको कम्पनीका संचालक अध्यक्ष शिवसिंह कार्कीले जानकारी दिए।

हाल कम्पनीको संचालक समितिमा बैंकिङ पृष्ठभूमिका   शिवसिंह कार्की अध्यक्ष छन्। आभूषण ब्यबसाय पृष्ठभूमिका लक्ष्मी दत्त पाण्डेय संचालक तथा रास्ट्रिय अन्तरराष्ट्रिय पेन्ट कंपनीमा बिक्रि तथा ब्यबस्थापनको अनुभब संगालेका नबिन प्रशाद भट्ट प्रबन्ध निर्देशकको भूमिकामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार