काठमाडौं सशस्त्र प्रहरी बलमा लामो समयदेखि रोकिएको बढुवाको जाम खुलेको छ। शुक्रबार डिआइजी र एसएसपीमा एकसाथ बढुवाको सिफारिस भएको हो।
बढुवा सिफारिस समितिको बैठकले ६ एसएसपीलाई डिआइजीमा तथा ७ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।
डिआइजीमा बढुवा सिफारिस हुनेहरुमा दिगबिजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की छन्। त्यस्तै, एसएसपीमा बढुवा सिफारिस हुनेमा दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्रांगत दहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की छन्।
सशस्त्रका आइजिी राजु अर्यालले आगामी सातादेखि अवकाश पाउँदैछन्। अवकाशअघि उनले बढुवाको जाम खुलाएका छन्।
निवर्तमान गृहमन्त्री सुधन गुरुङले बायोडाटा मागेर मूल्याङकनको प्रयास गरेका थिए। उनी बाहिरिएपनि बरियताकै आधारमा बढुवा भएको हो।