काठमाडौं - लामो रिक्ततापछि सरकारले १३ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
भारत, चीन, अमेरिका, बेलायत, जापान जस्ता महत्वपूर्ण देशहरुमा राजदूत नियुक्तिको सिफारिस भएको छ। तर, ८ देशमा भने अझै सिफारिस भएको छैन । ती देशमा परराष्ट्रका कर्मचारीलाई नियुक्तिको तयारी छ ।
क–कसको भयो सिफारिस ?
१. डा. निश्चलनाथ पाण्डे -भारत
२. डा. कल्याणराज शर्मा- चीन
३. चिरनजंग थापा- संयुक्त राज्य अमेरिका
४. गौरवशशमशेर जबरा राणा-बेलायत
५. जिग्यानकुमार थापा - जापान
६. सुरेशकुमार कर्ण -इजरायल
७. प्राप्ति शेरचन - स्पेन
८. सरू जोशी - जर्मनी
९. डा. पद्माक्षी राणा- ओमान
१०. चूडामणि खरेल -मलेसिया
११. प्रा. डा. संगम श्रेष्ठ -दक्षिण कोरिया
१२. डा. मञ्चला झा -श्रीलंका
१३. गिरिबहादुर सुनार - साउदी अरेबिया