२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

१० वर्षअघि महेन्द्रनगरमा तीन व्यवसायीको भेटले जन्मिएको सर्वाेत्तम पेन्ट्स ७० हजारको परिवार बन्यो

बिहिवार, आषाढ ११ २०८३०५:२७


काठमाडौं- सर्वसाधरणलाई शेयर जारी गरेर पब्लिक कम्पनी बन्ने  रंग उद्योगमा सर्वाेत्तम पेन्टस् पहिलो कम्पनी बनेको छ। जसले बिहीबार आइपीओ बाँडफाँट गरेको छ।

यसरी सफलता कमाएको यो कम्पनीको जन्म १० वर्षअघि महेन्द्रनगरमा तीन जनाको भेटले जुराएको थियो। बैंकिङ पृष्ठभुमीका शिवसिंह कार्की, आभुषण व्यवसाय पृष्ठभुमीका लक्ष्मीदत्त पाण्डे र अन्तर्राष्ट्रिय पेन्टस् कम्पनीको व्यवस्थापनमा बसेर अनुभव संगालेका नवीन प्रसाद भट्टको त्यो भेटले सर्वाेत्तम पेन्टस् स्थापना भएको हो । तीन जनाबिच महेन्द्रनगरमा भएको बैठकले रंग उत्पादन तथा बिक्रि गर्ने उद्योग खोल्ने निर्णय भएको थियो । हाल कम्पनीमा कार्की अध्यक्ष, पाण्डे निर्देशक तथा भट्ट प्रबन्ध निर्देशकको भूमिका छन्। उनीहरूकै अथक मेहनतपछि कम्पनीले सफलता चुमेको हो । तीन जनाबाट सुरु भएको यो कम्पनी आज ७० हजार भन्दा धेरैको परिवार बनेको छ ।

कैलालीको अत्तरीयमा फ्याक्ट्री रहेको कम्पनीले तीन महिनाअघि मात्र राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको थियो। हेटौंडामा पनि फ्याक्ट्री राखेर उत्पादनको तयारी भइरहेको छ । गुणस्तरको कारण नै छोटो अवधिमै कम्पनीले बजार विस्तार गरेर सफलता पाएको सञ्चालकहरू बताउँछन् ।

७० हजारले पाए शेयर 
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको शेयर बिहीबार बाँडफाँट गरिएको हो। जसमा ७० हजार ५५० जना सर्वसाधरणले १० कित्ताका दरले शेयर पाएका छन्। सर्वोत्तम पेन्ट्सको आइपीओ गते जेठ २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५ हजार ५०० कित्ता शेयर बिक्री खुला गरिएको थियो। यो आइपीओमा २८ लाख ९४ हजार २३२ आवेदन परेको थियो। मागभन्दा बढी आवेदन परेका कारण   आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। संकलित पूँजीबाट क्षमता विस्ता गरी कम्पनीलाई अझै ठूलो बनाउने योजना छ।

प्रतिक्रिया
सम्बन्धित समाचार