चितवन-नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएको छ। नयाँ नेतृत्वमा सभापति रवि लामिछानेकै विश्वासपात्रहरुको हालिमुहाली देखिएको छ ।
अध्यक्षमा लामिछाने, वरिष्ठ नेतामा बालेन शाह तथा उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा तोसिमा कार्कीलाई पराजित गर्दै सोविता गौतम विजयी भइन्।
एक उपसभापति चयन गर्ने प्रावधान छ।
त्यस्तै, महामन्त्रीमा लामिछानेकै विश्वासपात्र विपिन आचार्य विजयी भए। अर्का प्रतिस्पर्धी रहेका मनिष झा पराजित भए। आचार्यलाई जिताउन अन्य पाँच नेताले उम्मेदवारी फिर्ता लिएका थिए।
त्यस्तै, सहमहामन्त्रीमा आसिफ शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित भएका छन्। अन्य पदमा भने मनोनयनको तयारी छ। जसमा बालेन शाह पक्षका नेताहलाई समेट्न लागिएको छ।
तीन दिनका लागि भनेर ७ असारमा सुरु भएको महाधिवेशन छैटौं दिन सकिएको छ। महाधिवेशन भद्रगोल हुँदा महाधिवेशन प्रतिनिधि मात्र होइन केन्द्रीय नेता नै रुष्ट बनेका थिए।