२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

नेपालमा ६ दिन ढिला मनसुन भित्रियो

शुक्रवार, आषाढ ५ २०८३११:३६


काठमाडौं- नेपालमा ढिलो गरी यस वर्षको मनसुन प्रणाली शुक्रबार भित्रिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  शुक्रबारदेखि मनसुन नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको हो।

महाशाखाले बुलेटिन जारी गर्दै मनसुन प्रणाली कोशी प्रदेशका केही भूभागमा प्रवेश गरेको पुष्टि गरेको छ। नेपालमा मनसुन भित्रिने सामान्य (औसत) जुन १३ तारिख रहे पनि यस वर्ष भने औसत मितिभन्दा ६ दिन ढिलो गरी भित्रिएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपाल भित्रिएको मनसुन प्रणाली हाल कमजोर अवस्थामा छ। यसका कारण देशका अन्य भूभागमा मनसुन विस्तार हुन अझै केही दिन लाग्ने देखिन्छ।

यो वर्ष समग्रमा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार