२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

विवादकाबीच न्यायालयको नेतृत्वमा डा.शर्मा

मंगलवार, जेठ ५ २०८३०८:३८


काठमाडौं- विवादकाबीच डा.मनोजकुमार शर्मा सर्वाेच्च अदालतको प्रधानन्यायाधीश नियुक्त भएका छन्। संसदीय सुनुवाई समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेपछि उनलाई राष्ट्रपति डा.रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। मंगलबार नै उनले सपथ लिएर पदभार ग्रहण गरेका छन्।

पाँचौ वरियतामा रहेका डा.शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेपछि विवाद भएको थियो। खासगरी वरिष्ठतम् प्रधानन्यायाधीश सपना प्रधान मल्लले असन्तुष्टि जनाएकी छिन्। उनी मंगलबार पदभार ग्रहणमा पनि उपस्थित भइनन् । 
डा.शर्माले अबको ६ वर्ष सर्वाेच्च अदालतको नेतृत्व गर्नेछन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार