२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

काठमाडौंमा प्रहरीको अप्रेसनः तीन दिनमा २२६ पक्राउ

आइतवार, चैत्र २२ २०८२१२:१२


काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले गुन्डागर्दी र बिचौलियाविरुद्ध बिशेष अभियान चलाएको छ। जस क्रममा तीन दिनमा दुई सय २६ जना पक्राउ परेका छन्।

यातायात कार्यालयका बिचौलियादेखि बसपार्क र विमानस्थलमा याक्रुलाई दुःख दिने गुन्डागर्दीमा संलग्नहरू पक्राउ परेका हुन्। 
पक्राउ पर्ने गुन्डाहरुमा संजीव स्याल, युवराज गुरुङ, वकिल बम लगायत छन्।

पछिल्लो समय गृह मन्त्रालयकै निर्देशनमा प्रहरीले गुन्डागर्दी तथा अवैध गतिविधिमा संलग्नमाथिको कारबाहीलाई तिव्रता दिएको हो। 
देशभरीबाट दुई सयभन्दा धेरै बिचौलिया पनि पक्राउ परिसकेका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार