काठमाडौं: केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ स्वीकृत गरेको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा योजना स्वीकृत भएको हो । आगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सुरक्षा योजना स्वीकृत भएको हो ।
निर्वाचनमा नेपाली सेना पनि परिचालन हुनेछ । सुरक्षा योजनाअनुसार नेपाली सेना समेत परिचालन गर्नका लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।