काठमाडौं: सचिव रामेश्वर दंगालले बुधबारदेखि गृह मन्त्रालयको कमाण्ड सम्हालेका छन्। सरकारले मन्त्रालयका कार्यरत गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई ल्याएको हो। दंगाल यसअघि रक्षा मन्त्रालयमा कार्यरत थिए।
सचिव दंगालले कर्मचारीहरुको हेरफेर गर्ने भएका छन्। सबैभन्दा पहिला काठमाडौंका सिडिओ हटाउने तयारी छ। आन्दोलनको क्रममा असक्षम बनेका सिडिओ छवि रिजाललाई हटाएर नयाँ सहसचिव पठाउन लागिएको छ। काठमाडौंको नयाँ सिडिओमा ईश्वरराज पौडेल, भिष्म भुसाल लगायतको नाम चर्चामा छ।
त्यस्तै, मन्त्रालयका महाशाखाहरुमा पनि नयाँ टिम बनाउने तयारी भइरहेको छ।