काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागको प्रमुख(मुख्य अनुसन्धान निर्देशक) मा टेकेन्द्र कार्की नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो।
कार्की विभागमा दोस्रो वरियतामा थिए। पहिलो वरियतामा रहेका ओम जोशीलाई पछि पारेर कार्की नियुक्त भएका हुन्।