काठमाडौं-देशमा सरकार नभएको संकटको अवस्थामा राष्ट्रिय अनुसन्धान विभाग नेतृत्वविहिन बन्ने अवस्थामा पुगेको छ। विभागमा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले शुक्रबारदेखि अवकाश पाउँदैछन्। तीन वर्षे कार्यकाल पूरा गरी उनले अवकाश पाउन लागेका हुन्।
देशमा सरकार नभएकाले उनीपछि को प्रमुख हुने भन्ने अन्योल छ। विभागमा दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक(एआइजी) छन्। सिनियरमा ओम जोशी र जुनियरमा टेकेन्द्र कार्की छन् । सिनियर भएकाले जोशीले नै निमित्त प्रमुख हुने सम्भावना छ। यद्यपी सरकार नभएकाले उनी निमित्त हुने कि नहुने अन्योलता छ ।
अब बन्ने नागरिक सरकारले विभागको प्रमुख नियुक्त गर्नेछ।