२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

वीरगन्जमा हैजा संक्रमण नियन्त्रण बाहिर छैन : प्रजिअ सुवेदी

बुधवार, भाद्र ११ २०८२०१:४०

पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगन्जसहित आसपासमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।

सुवेदीले पत्रकारसँगको भेटघाटमा हैजा संक्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिए । “हामी निकै संवेदनशील भएर हैजा संक्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ”, उनले भने, “अहिलेसम्म यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।”

प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचार र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताए ।

उनले भने, “हैजा संक्रमित बिरामी अस्पताल अस्पतालबाट निको भएर घर फर्किने क्रम बढिरहेको छ । सबै मिलेर हैजाको रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्न जरुरी छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार