काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गाैतम र जेन–जी प्रतिनिधिहरूबीच नेपालको स्वास्थ्य क्षेत्र सुधारका विषयमा छलफल भएको छ । आइतबार मन्त्रालयमा भएको छलफलमा नेपालको स्वास्थ्य क्षेत्रका वर्तमान चुनौती र भावी योजनाबारे कुराकानी भएको थियो ।
छलफलमा जेन–जी प्रतिनिधिले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्याका विषयमा मन्त्री गाैतमको ध्यानाकर्षण गराएका थिए । यसका साथै उनीहरूले स्वास्थ्य बीमाको दायरा वृद्धि गर्न तथा प्रणालीगत सुधार गर्न माग गरेका थिए ।
छलफलमा उठेका विषयहरूको जवाफ दिँदै मन्त्री गाैतमले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गरेर यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।