२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

बढुवाको पाँच दिनसम्म पनि हुन सकेन एसपी र डिएसपीको पदस्थापन

आइतवार, श्रावण २५ २०८२०७:५८


काठमाडौं:नेपाल प्रहरीमा एसपी र डिएसपीको पदस्थापन लम्बिएको छ। गत २१ असारमा ११ डिएसपीको एसपी र तथा १३ इन्सपेक्टरको डिएसपीमा बढुवा भएको थियो । दज्र्यान्ही चिन्ह समेत उनीहरुले लगाइसकेका छन्। तर, जिम्मेवारी पाएका छैनन्।

पदस्थापनको निर्णयमा अस्वभाविक ढिलाई हुँदा यस्तो अवस्था आएको हो। स्रोतका अनुसार पदस्थानमा गृहमन्त्री रमेश लेखक र आइजिपी दिपक थापाबिच सहमति जुट्न सकेको छैन । पदस्थापनसँगै केही जिल्ला तथा इप्रकाका इन्चार्जहरुको पनि सरुवाको समय भएको छ । सरुवा र पदस्थापन एकैपटक गर्नुपर्ने भएकाले निर्णयमा ढिलाई भएको हो ।

अवकाशको मुखमा रहेका आइजिपी थापाले धेरै राजनीतिक दबाबमा सरुवा नगर्ने रणनीति लिएका छन्। गृहमन्त्री चलखेलकै आधारमा सरुवा गराउने खेलमा छन् । जसको मारमा प्रहरी अधिकारी परेका छन्।

एसएसपीको पदस्थापन भने २१ साउनमै भइसकेको छ। दुई एसएसपीको सरुवा पनि गरिएको थियो । एसएसपीमा ठूलो हेरफेर नभएकाले पदस्थापनमा समस्या भएन। एसपी र डिएसपीमा भने चर्काे प्रतिस्पर्धा देखएिको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार