काठमाडौं: भिजिट भिसाको सेटिङमा गृहमन्त्री रमेश लेखकको सचिवालय तानिने सम्भावना देखिएको छ। अख्तियारको अनुसन्धानमा रहेका सहसचिव तिर्थराज भट्टराईको डायरीमा उनको सचिवालयका व्यक्तिलाई समेत पैसा बुझाएको रेकर्ड भेटिएको छ ।
भट्टराईले भिजिट भिसाको सबै लेनदेन आफ्नो डायरीमा लेखेर राख्दै आएको थिए । सो डायरी आयोगले बरामद गरेको छ । उनले ट्राभल एजेन्सीसँग मिलेर दिनमै ५० लाखसम्म असुली गर्दै आएका थिए ।
गत जेठ ७ गते आयोगले भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएर यस प्रकरणमा छानविन थालेको थियो । साढे दुई महिना लामो अनुसन्धानमा भट्टराईको गिरोह अख्तियारले पत्ता लगाई उनले करोडौं असुलेको पूष्टि गरिसकेको छ । गृहमन्त्रीको सचिवालयसँग प्रत्यक्ष रुपमा मिलेर यस्तो असुली गरेको स्रोत बताउँछ । जसमा बिना दबाब अनुसन्धान भएमा गृहका धेरै अधिकारी तानिनेछन् ।