काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापाविरुद्ध भ्रष्टाचारलगायतका आरोपबारे आवश्यक अनुसन्धान र छानबिन गर्ने निर्णय गरेको छ। चैत ११ र १२ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न नवौँ कार्यसमिति बैठकले पूर्वअध्यक्ष थापाविरुद्ध अनुसन्धान गरी सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो।
कार्यसमिति बैठकले गरेका १५ निर्णयमध्ये १५ नम्बरमा यसबारे निर्णय भएको छ। निर्णयमा भनिएको छ, ‘संघका पदाधिकारीहरुको विशेष प्रस्तावमा फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापासम्बन्धी विभिन्न भ्रष्टाचारलगायतका फिफाको निर्देशन उल्लंघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाहीका लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकताअनुसार पत्राचार गर्ने।’
त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्तिमाथि गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानबिन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय गरिएको प्रवक्ता सुरेश शाहले जानकारी दिए।
त्यसैगरी बैठकले संघको नियमित साधारणसभा आगामी वैशाख २६ गते गर्ने तथा वार्षिक कार्यक्रम तथा प्रतियोगिता र अनुमानित बजेट १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ आगामी सभामा पेस गर्ने निर्णय पनि गरेको छ।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com