२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

नेपाली फुटबल टोली मलेसियामा, भोलि मैदानमा उत्रिने तयारी

सोमवार, चैत्र १० २०८१०७:१३

काठमाडौं: नेपाली फुटबल टोली एएफसी छनौट प्रतियोगिता खेल्न तयारी अवस्थामा रगेको छ। टोली छनौट चरणकै लागि एक साता अगाडि टिम सिङ्गापुर हुँदै मलेसिया पुगेको हो।

एएफसी छनौट खेल खेल्नु अघि नेपालले सिङ्गापुरलाई १-० शून्य गोलले हराएको थियो। फ्रेन्डसिफ म्याचमा नेपालले सिङ्गापुरलाई हराएको यो पहिलो हो।

२१ मार्चमा सिङ्गापुरमा सो खेलमा नेपालले विजय हात पारेसँगै टोली मलेसिया पुगेको हो। नेपाली टोली लिएर म्यानेजर रमेश कार्की सिङ्गापुर हुँदै मलेसिया गएका छन्।

कार्कीका अनुसार एएफसी छनौटका लागि टिम मलेसिया पुगिसकेको र खेलाडीका सम्पूर्ण आवश्यकता पूरा गर्दै नेपाली टोलीले सुरुवाती खेल जित्ने अपेक्षा गरिएको छ।

जसमा कप्तानमा किरण कुमार लिम्बू र हेड कोचको रुपमा अष्ट्रेलियन नागरिक म्याथुबेदी रोस छन्। भोलि हुने खेलको लागी उच्च मनोबलका साथ मैदानमा उत्रिने क्याप्टेन लिम्बुले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार