धनगढी: राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत १९ गतेदेखि २३ गतेसम्म धनगढीमा राष्ट्रिय युवा संघ कप–२०८१ भलिबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरका अनुसार प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ। खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिन लागेको यस प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा विजयी हुने टिमहरूले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। जसमा पहिलो स्थान: रु. २ लाख २५ हजार, दोस्रो स्थान: रु. १ लाख २५ हजार, तेस्रो स्थान: रु. ७५ हजार पुरस्कार राखिएको छ।
युवा संघले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जनाएको छ। खेलकुद मार्फत युवाहरूलाई स्वस्थ प्रतिस्पर्धामा जोड्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता सुदूरपश्चिमको खेलकुद विकासमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com