काठमाडौं: नेपाली फिल्म निर्माता तथा अभिनेता प्रकाश कुँवर ग्ल्याम नेपाल इन्टरनेशनलका लागि नयाँ देश निर्देशक नियुक्त भएका छन्। फेसन, मोडलिङ, र डिजाइनिङ क्षेत्रका प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन समर्पित यस प्रतिष्ठित फ्रन्चाइजले कुँवरको नियुक्तिसँगै आफ्नो गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरेको छ।
दीपक ज्ञवालीद्वारा सन् २०१९ मा अस्ट्रेलियामा स्थापना गरिएको ग्ल्याम नेपाल इन्टरनेशनलले नेपालमा चौथो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। यस फ्रेन्चाइजले नेपाली फेसन, डिजाइन, मोडल, र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखेको छ।
ग्ल्याम नेपाल इन्टरनेशनलले नेपालभित्रका प्रतिभाशाली डिजाइनर र मोडलहरूलाई छनोट गरी तिनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम बनाउने काम गर्दै आएको छ। प्रकाश कुँवरको नेतृत्वले यस अभियानलाई अझ सशक्त बनाउँदै नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय पहुँचलाई सहज बनाउने विश्वास गरिएको छ।
ग्ल्याम नेपाल इन्टरनेशनलले नेपाली कलासंस्कृतिलाई विश्वमाझ चिनाउन र नयाँ प्रतिभालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। यसले नेपाललाई फेसन र मोडलिङको नयाँ केन्द्रबिन्दुका रूपमा स्थापित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यसपालिको संस्करणको प्रमुख उद्देश्य पाँच उत्कृष्ट नेपाली डिजाइनरहरूलाई छनोट गरी अस्ट्रेलियामा विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्नु रहेको छ। काठमाडौंको पाँचतारे होटल याक एन्ड यतिमा आयोजित चौथो संस्करणको कार्यक्रममा देशका प्रख्यात व्यापारी, उच्चस्तरीय पदाधिकारी, र फेसन क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालका मोडल, कलाकार, र डिजाइनरहरूले आफ्नो प्रतिभा प्रदर्शन गरे।
प्रकाश कुँवरले देश निर्देशकको रूपमा आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा निभाउँदै नेपाली फेसन र मोडलिङलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com